चियाश्रमिकहरूका लागि मुख्यमन्त्रीले 20 प्रतिशत बोनसको घोषणा गरे तापनि घोषणाअनुरूप मालिक पक्षले बोनस नदिएपछि डुवर्सका अधिकांश चियाकमानका श्रमिकहरू हाल आन्दोलित छन्। यसैक्रममा बुधबार डुवर्सको नगरकट्टा ब्लकअन्तर्गत धरनीपुर चियाकमानका श्रमिकहरूले 20 प्रतिशत बोनसको माग गर्दै चिया कमानको मुख्य कार्यालय अघि धरना प्रदर्शन गरे। श्रमिकहरूले दुर्गा पुजा मुखमा आइसक्दा पनि बोनसलाई लिएर कमान प्रबन्धन पक्षले कुनै चासो नदेखाएको आरोप लगाउँदै जसले गर्दा आफूहरू असुविधामा परेको बताएका छन् । श्रमिकहरूले प्रत्येक वर्ष पुजाको समय बोनसको निम्ति आफूहरूले संघर्ष गर्नु परिरहेको गुनासो पोखेका छन्। लामो समयदेखि धरनीपुर कमान बन्द थियो, सरकारकै पहलमा यो कमान खुलिएको हो। तर हाल कमानमा तीनवटा तलब बकाया छ भने बोनसको पनि अत्तोपत्तो छैन। पुजामा हामीले कसरी खुशी मनाउनु भन्दै श्रमिकहरूले जबसम्म यस विषयलाई लिएर कुनै पहल हुँदैन तबसम्म धरना प्रदर्शन गरिरहने जनाएका छन्।


Leave a Comment